नियम २६
अनुज्ञापत्र निलम्बन गर्न सकिने
यस नियमावली अन्तर्गत प्रदान गरिएको अनुज्ञापत्र वा इजाजतपत्र बर्खिलाप कसुर भएकोमा त्यस्तो कसुर सम्बन्धी मुद्दाको कारबाही गर्दा सम्बन्धित मुद्दा हेर्ने अधिकारीले नेपाल सरकार समक्ष जाहेर गरी निकासा भई नआएसम्म त्यस्तो कसुर गर्ने व्यक्तिले प्राप्त गरेको अनुज्ञापत्र वा इजाजतपत्रलाई निलम्बन गर्ने गरी आदेश दिन सक्नेछ ।